जलवायु परिवर्तनको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाण्डु – पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् । मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषयमा एक्लै बोलेर नहुने भन्दै जलवायु परिवर्तनका विषयमा कुरा राख्नुपर्ने बताए । ‘ग्रामीण पुनर्निर्माणमा अमेरिकाले अनुदान घटाइरहेको छ । पुनर्निर्माणका विषयमा हामी एक्लैले…