काठमाण्डु - अमेरिकाले इरानका आणविक क्षेत्रहरूमाथि आक्रमण गरेपछि विश्वभर तरंग उत्पन्न भएको छ । यसको विरोध र समर्थनमा विभिन्न प्रतिक्रियाहरू आएको छ । इरानमा आक्रमण भएपछि अमेरिकी राजनीतिमा ध्रुवीकरण पनि भएको छ। डेमोक्र्याटहरूले आक्रमणको आलोचना गरेका छन् भने रिपब्लिकनहरूले समर्थन जनाएका छन् । डेमोक्र्याट नेताहरूले ट्रम्पको निर्णयको आलोचना गर्दै युद्धको जोखिम बढेको र संसद्को स्वीकृति…