काठमाण्डु – ललितपुरको ग्वार्कोस्थित ‘फ्लाईओभर’ मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाईओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको…