अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन - गर्मी अत्यधिक बढेसँगै अण्डाको उत्पादन घटेकाे छ। उत्पादन घटेपटि माग बढेर मूल्यवृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ।…