अमेरिकाले विश्वकै उत्कृष्ट मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ बनाउने

काठमाण्डु - अमेरिकाले महत्त्वाकांक्षी मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ को योजना सार्वजनिक गरेको छ । यस महत्त्वाकांक्षी परियोजनाको नेतृत्व अमेरिकी अन्तरिक्ष सेनाका उप प्रमुख जनरल माइकल गुएटलाइनले गर्नेछन् । यो प्रणाली उनको कार्यकाल अन्त्यसम्म सञ्चालनमा आउनेछ । गत जनवरीमा ह्वाइट हाउसमा राष्ट्रपति पदमा फर्किएको केही दिनपछि नै ट्रम्पले यो प्रणालीको योजना ल्याउने बताएका थिए ।…