काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै स्थानीय तहका कर्मचारी आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्किएका छन् । सरकारकातर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्रबहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच शनिबार पाँच बुँदे सहमति…