जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल र पहाड बचाउन जरुरी रहेको बताएका छन् । मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षरोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन् । उनले भने, ‘जलवायु परिवर्तन भइरहेको छ । हामीले हिमाल बचाउन जरुरी छ । पहाड बचाउन जरुरी छ,…