काठमाण्डु- पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेकाले अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँहरुमा तथा पहाडी भेगका थोरै ठाउँहरुमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। अहिले कैलाली,…