काठमाण्डु -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको मत परिणामबारे गहनरुपमा छलफल गर्ने भएको छ । मंगलवार रास्वपाका महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा गहन छलफल गर्ने जानकारी दिएका हुन् । निर्वाचनको परिणामले रास्वपाको कमिकमजोरी रहेको इंगित गरेको उनको भनाइ छ। उपनिर्वाचनमा घण्टी नबजाएर आफूहरुलाई सचेत गराएको ढकालले बताए…