स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित २ महिला पक्राउ

काठमाण्डु – स्रोत नखुलेको करीब ८ लाख रुपैयाँसहित प्रहरीले सप्तरीबाट २ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–२ बस्ने २७ वर्षीया सीमा भन्ने सागरकुमारी चौधरी र सिरहाको लहान नगरपालिका–१ बस्ने २६ वर्षीया चन्दा चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वपश्चिम राजमार्गस्थित रुपनी नगरपालिका–१ खाडोपुलमा विशेष सूचनाको आधारमा दुवै…