गाँजा कारोबार मुद्दामा गाउँपालिका अध्यक्ष उच्च अदालतबाट पनि दोषी ठहर

काठमाण्डु – बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजा कारोबार मुद्दामा दोषी ठहर भएका छन् । उच्च अदालत पोखरा बाग्लुङ इजलासले अध्यक्ष घर्तीलाई दोषी ठहर गरेको हो । यसअघि जिल्ला अदालत बाग्लुङले पनि उनलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध गाउँपालिका प्रमुख उच्च अदालत पुगेका थिए । उच्चले उनको मागलाई अस्वीकार गर्दै…