बारा – बारामा एक महिलाको आफ्नै घरभित्र बिभत्स हत्या भएको छ । बाराको महागढीमाई नगरपालिका १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या गरेको अवस्थामा आफ्नै घरभित्र शव फेला परेको हो । घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए ।…