काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । हवाई मार्ग हुँदै नेपाल आएका ती व्यक्तिलाई कोकिनसहित पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको थप विवरण आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।