सुनसरी – जिल्लाको बराहक्षेत्र नगरपालिका–३ बाङ्गे बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय संगम राई र मोरङको कानेपोखरी गाउँपालिका–२ केरवन बस्ने २६ वर्षीय देवेन्द्र बुढाथोकी रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट…