काठमाण्डु – पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर १५ लाख ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ घर भई हाल काठमाण्डु–२६ मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका छन् । पोर्चुगलको प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर टोपेन्द्र घर्तीसहित २ जनासँग १५ लाख रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएपछि…