काठमाण्डु – सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाविरुद्धको मुद्दामा सुनुवाई हुँदैछ । श्रीमति गीता ढकालको हत्या गरेर शव जलाएका डीआईजी कोइरालाविरुद्धको मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि आज पेसीमा चढेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ…