सरिता गिरीको घरमा आक्रमण गर्ने हेमराज थापा पक्राउ

काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा आक्रमण गर्ने उनकै कार्यकर्ता पक्राउ परेका छन् । बुधबार विशालनगरस्थित गिरीको घरमा आक्रमण गरेको आरोपमा प्रहरीले जसपाको विद्यार्थी संगठनका सचिव हेमराज थापालाई पक्राउ गरेको हो । बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय थापालाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी…