नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४…