बलात्कार र ठगीका अभियुक्तलाई १० वर्ष कैद

सप्तरी - तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा सप्तरीका एक जनालाई आज १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई १० वर्ष कैद सजायको फैसला भएकोे सप्तरी जिल्ला अदालतले जनाएको छ । अभियुक्तलाई जबर्जस्ती करणीमा सात वर्ष कैद र ३० हजार क्षतिपूर्ति…