काठमाण्डु – जग्गा किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाण्डु महानगरपालिका–७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको…