काठमाण्डु – प्रहरीले झापा र कैलालीबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८७० मिलिग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय सन्तोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन् । प्रहरी…