तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डु – गत चैत १५ गते काठमाण्डुको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईं लगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ, जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ । प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्य विरुद्धको कसूर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाण्डु जिल्ला अदालतले जनाएको छ…