एकनाले भरूवा बन्दुकसहित २ जना पक्राउ

तनहुँ – प्रहरीले एकनाले भरूवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । देवघाट गाउँपालिका–४ आमडाँडा बस्ने ६१ वर्षीय संखबिर गुरूङ र खोडे बस्ने ६८ वर्षीय कृष्ण बहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक ३ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उनीहरूको घरबाट बन्दुक फेला पारी पक्राउ गरेको छ…