अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

गलेश्वर - विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ। उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो। अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट…