कोरोना महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरु आफ्नो कर्तव्यलाई जिम्मेवारीका साथ बहन गर्दै बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका छन् । कोरोना सङ्क्रमणको पहिलो लहर साम्य नहुँदै नेपालमा दोस्रो लहर आइपुग्यो । स्वास्थ्यकर्मीहरु दिनरात नभनि संक्रमितको सेवामा लागिरहेका छन् । स्वास्थ्यकर्मीमध्ये प्रयोगशालाकर्मीहरु (ल्याब टेक्निसियन)को भुमिका निकै महत्वपूर्ण हुन्छ । स्वाव संकलन देखी ल्यावमा रिर्पोट निकाल्ने सम्मको जिम्मेवारी दिइएको…