सहकारी ठगीमा रवि लामिछानेलाई कारवाही गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कारवाही गर्न माग गर्दै सहकारी विभागमा प्रदर्शन गरेको छ । बिहीबार नेविसंघले सांसद, पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको…