लकडाउनका कारण उर्जा क्षेत्रमा देखिएका समस्याबारे पांच देशका उर्जासचिवहरुबीच छलफल

काठमाडौं– कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भइरहेको बेला उर्जा क्षेत्रमा परेका समस्या र असरहरुबारे दक्षिण एसियाका उर्जा सचिवहरुबीच छलफल भएको छ । विश्व बैंकको समन्वयमा नेपालसहित भुटान, वंगलादेश, भारत र श्रीलंकाका उर्जासचिवहरुबीच भिडियो कन्फेन्र्समार्फत छलफल भएको हो । भिडियो कन्फेन्र्समा लकडाउनले उर्जा क्षेत्रमा पारेको असर र सहकार्यका सम्भावनाहरुबारे छलफल भएको उर्जासचिव दिनेश घिमिरेले जानकारी…