काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा पोलिसीहरू खरीद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद…