सेयर बजारमा भारी गिरावट, कारोबार रकमपनि ६ अर्बमा समेटियो

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन नेप्से २१.६३ अंकले घटेर परिसुचक २७१४ बिन्दुमा पुगेर रोकिएको छ । आज १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६३ करोडको आर्थिक कारोबार भयो । कारोबारमा आएका ३१ कम्पनीको सेयर बढ्यो भने २०७ कम्पनीको सेयर घट्दा ६ कम्पनीको सेयर स्थिर रह्यो…