काठमाण्डु- अमेरिकाले सबै चिनियाँ वस्तुमा लगाएको अतिरिक्त १० प्रतिशत आयात शुल्कका कारण यदि चीन रिसाइरहेको छ भने पनि उसले त्यो रिस देखाइरहेको छैन । जबकी क्यानडा र मेक्सिकोले अमेरिकाका त्यस्तै कदमविरुद्ध बदलाका कारबाही गर्ने धम्की दिएका छन् । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले करिब १०० अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमाथि २५ प्रतिशतको शुल्क लगाइदिने बताएका थिए…