पाकिस्तानी सेनाका लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारी बर्खास्त

इस्लामबाद - पाकिस्तानी सेनाले एक लेफ्टिनेन्ट जनरल सहित तीन अधिकारीलाई बर्खास्त गरेको छ। इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियरसहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाहीसमेत गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मा ती अधिकारीहरूले लिएका थिए तर तीनले…