काठमाण्डु - इजरायलको आक्रमण सामना गरिरहेको उत्तरी गाजामा खानेकुराको अभाव भएको छ भने भोकमरी बढेको छ । जसकारण मुख्य सहरमा अराजकता र लुटपाट मच्चिएको छ । केही हप्तादेखि त्यहाँ अत्यावश्यक सहायता पुग्न सकेको छैन । स्थानीय प्यालेस्टिनीहरू खानाको खोजीमा भौंतारिरहेका छन् । संयुक्त राष्ट्रसंघले मध्य सहर देइर अल–बलाहमा भोका मानिसहरूको भिड खाद्यान्न गोदाममा प्रवेश गर्दा…