एजेन्सी- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा छलफल भएको थियो । यो बैठक पाकिस्तानले गरेको पत्राचारपछि बसेको थियो। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन् कि इमरान खानले संयुक्त राष्ट्र मुख्यालयमा…