एजेन्सी- अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको गभर्नर एबोटले बताएका छन्…