बुवालाई ’स्वर्गमा’ पठाएको पत्रबारे हुलाकले के भन्यो?

एजेन्सी - “स्वर्गमा“ आफ्ना बुवालाई जन्मदिनको सन्देश चिठ्ठीमार्फत् पठाएका एकजना बालकले हुलाकबाट ’उक्त पत्र सुरक्षित रुपमा पुग्यो’ भन्ने जवाफ पाए। ’रोएल मेल’ नामक ब्रीटेनको हुलाक सेवाले उक्त पत्र पुगेको भनी जवाफसहितको पत्र ती बालकलाई पठाएको हो। वेस्ट लोथियानका सात वर्षीया जेस हाइण्डमनले उनले पठाएको पत्रले निकै कठिन यात्रा पार गरेर बुवा जेम्ससम्म पुगेको भन्ने जवाफ…