काठमाण्डु- नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार पुगेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्नेछन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नेछन् । बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ…