भारतीय प्रधानमन्त्री मोदीले भने – नेपालसँगको सम्बन्ध अतुलनीय छ

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउंदैछन् । भारतको प्रधानमन्त्री कार्यालयले मोदीकोे भ्रमणबारे आइतबार वक्तव्य नै जारी गरेको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा दुई देशबीच जलविद्युत, विकास, कनेक्टिभिटी लगायत क्षेत्रमा सहकार्य विस्तारको काम निरन्तर जारी रहने उल्लेख छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका भारतिय प्रधानमन्त्रीको यो पांचौ पटकको नेपाल भ्रमण हो…