प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता, जलवायु र कोभिड संकटबारे छलफल

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीचको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र अमेरिकाको तर्फबाट राजदूत बेरी पनि सहभागी थिए । ‘हामीले लामो समयदेखिको नेपाल–अमेरिका…