काठमाण्डु – भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भाजपाका विदेश विभाग प्रमुख विजयले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । भट्टराईले उनीहरुको भेटमा दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको जानकारी दिए…