काठमाण्डु – कतारका राजकुमारसहितको टोलीले अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहको टोलीले आज बिहान ११ः२० बजे प्राविधिक हिसाबले महत्वपूर्ण मानिएको उक्त हिमालको सफल आरोहण गरेको हो । अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा ६ जनाको टोली शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए…