‘प्रधानमन्त्रीले भारतीय सेना प्रमुखको नेपाल भ्रमण अगावै पोखरेललाई रक्षाबाट हटाए’

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएका छन् । प्रधानमन्त्री निकट मानिएका उपप्रधानमन्त्रीसमेत रहेका पोखरेललाई रक्षाको जिम्मेवारीबाट हटाइएपछि भारतीय सञ्चारमाध्यममा विभिन्न अड्कलबाजी काट्न थालिएको छ । हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले पोखरेललाई भारतको विरोध गरेकाले रक्षाको जिम्मेवारीबाट हटाएको आरोप लगाएको छ । पोखरेल प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्मा भारतका तीखा आलोचक भएको बताइएको…