काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विश्वका धनी मुलुकहरुको क्लब विश्व आर्थिक मञ्च(वर्ल्ड इकोनोमिक फोरम)मा सहभागी हुन स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन् । मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली आज साँझ स्विजरल्यान्डको डाबोसमा प्रस्थान गर्ने भएका हुन् । यो मञ्चमा नेपालले पहिलो पटक सहभागिता…