काठमाडौं – आप्रवासी श्रमिकको हकहितको साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता रहेको छ । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन् । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध…