ईपीजी बैठक: सबै सन्धि–सम्झौतामा सुझाव दिइने

काठमाडौँ - नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को आठौं बैठक सबै खाले सन्धि–सम्झौतामा सुझाव दिने पूर्ण प्रतिवेदन तयार गर्ने निचोडमा पुगेको छ । बैठकमा दुवै पक्षले अहिलेसम्मका बैठकमा प्रस्तुत गरेका विषय एकअर्काको धारणासहित अन्तिम प्रतिवेदनमा समेट्न आदानप्रदान गरेका छन् । यसअघि विषयगत धारणा आदानप्रदान हुने गरेकामा यो बैठकमा ती सबै विषयलाई एक रूपमा ल्याएर आ–आफ्नो सुझावसहित प्रतिवेदन…