प्रचण्डले धोका दिएपछि बाबुरामकाे गुनासाे- मलाई सिध्याउन खोजियो

काठमाण्डु- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई जानकारीसम्म नदिई समाजवादी मोर्चा घोषणा गरिएको गुनासो गरेका छन् । बाबुरामलाई छुटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चार दलको मोर्चा घोषणा भएपछि उनी प्रचण्डसँग असन्तुष्ट बनेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले समाजवादी मोर्चाको अवधारणा आफ्नो भएको दाबी गर्दै आफूलाई सिध्याउन खोजिएको बताएका छन् ।…