प्रचण्डले सत्ताको घमण्ड देखाएको माधव नेपालको गुनासो, एकलौटी सरकार चलाए गठबन्धन धरापमा पर्ने चेतावनी

काठमाण्डु- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् । बुधबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजे गठबन्धन धरापमा पर्ने बताएका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै एकीकृत समाजवादीर्लाई बेवास्ता गरेर एकलौटी रुपमा…