काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने…