प्रचण्डविरुद्ध भोट मागेकाे आरोपमा गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

काठमाण्डु- गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन निर्देशन दिएका छन् । आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले उनलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ । आचार्यको घर गोरखा २…