हेटौडा - नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफ्नो सङ्कल्प सार्वजनिक गरेकी छिन् । मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपाध्यायले शनिवार आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् । उपाध्यायले औद्योगिकीकरण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेकी छन् । उनले युवाको रोजगारलाई पहिलो प्राथमिकता दिँदै हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छिन्…