काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएका छन् । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले नेपाली भूमि ६० वर्ष अगाडिदेखि भारतले कब्जा गरेको बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नक्सा भारतलाई मन नपरेको…