काठमाण्डु – नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउन छलफल सुरु गरेको छ । जारी केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारीको टुंगो लगाइनुपर्ने माग उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग छलफल गरेका हुन् । माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष ‘प्रचण्ड’लाई दिइएको छ ।…